२०८२ कार्तिक २८, बिहीबार ११:२५ गते
नेपाली समय

मेलाको विरोध गर्दै बजार बन्द

२०७९ मंसिर १४ गते, बुधबार समय: १७:१५ मिनेट

दाङ –

Advertisement 1


दाङको तुलसीपुरमा मेलाको विरोध गर्दै उद्योग वााणिज्य संघले बजार बन्द गरेको छ । युथ्स् अफ तुलसीपुरले बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध व्यापारीहरूले विरोधमा उत्रिएका हुन् ।


वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यापारीहरूलाई मर्का पर्ने हुँदा मेला लाग्न नदिने भन्दै विरोध जनाए । मेलाका लागि ल्याइएका सामग्री सबै फिर्ता नभए बिहीबारदेखि अनिश्चितकालीन रूपमा यातायातदेखि सबै ठप्प पार्ने उनले बताए । मेला लगाउने नै भएपनि माघ १५ पछाडि मात्रै लगाउनुपर्ने उनी बताउँछन् । चिसो याम सुरू भएसँगै न्यायो कपडाहरू बिक्री हुने समय भएकाले अहिले मेला लगाउँदा व्यापारीहरू मर्कामा पर्ने उनको भनाइ छ ।

Advertisement 2


साथै चालिसेले क्लबले सामाजिक गतिविधि गर्नु पर्ने भन्दै मेला लगाउन नमिल्ने बताए ।


उता क्लबका अध्यक्ष अरूण लहरेले लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सवको सबै तयारी पूरा भइसकेको हुँदा कुनै पनि हालतमा मेरा नरोकिने बताउँछन् ।

Advertisement 3


क्लबका सचिव आकाश भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते मेला लगाउन तुलसीपुर उप– महानगरपालिकाबाट अनुमति लिइसकेको बताए ।


यस विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दाङले भने मेलालाई रोक्न पत्राचार गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंसिर ९ गते नै विवाद बढेका कारण जिल्ला प्रशासनबाट मेला महोत्सव रोक्न पत्राचार भइसकेको जनाएको छ ।

सम्बन्धित समाचार