बाँके –
Advertisement 1
कात्तिक १६ गते राप्ती सोनारी गाउँपालिका –७, पिप्रहवा आफ्नै घरमा फंखामा झुण्डिए अवस्थामा मृत फेला परेकी अफसरुला खाँका बाबु मो.बहाब खाँले आफूलाई जबरजस्ती आत्महत्या दुरुत्साहन मुद्दामा दर्ता गर्न लगाइएको बताएका छन् । आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर मो.बहाब खाँ आफूले ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय जाँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जबरजस्ती आत्महत्या दुरुत्साहन मुद्दा गर्दा गरेको आरोप लगाएका हुन् ।
‘तीन दिनसम्म लगाता दुगुरेपछि एसपी सापले जबरजस्ती आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्नु भयो । त्यसमा पनि प्रहरीले तीनजनालाई समातेको तर मेरो छोरीको ससुरालाई सोहि दिन नै छोडदियो,’ मो. बहाबले भने ।
Advertisement 2
मो. बहाबका अनुसार सुरुमा प्रहरीले ‘पोष्टपार्टम’ रिपोर्ट नआएसम्म मुद्दा दर्ता नगर्ने भन्दै मुद्दा दर्ता गरेन । १७ गते पोष्टमार्टमको रिपोर्ट आएपछि प्रहरीले दुईजनाको नाममात्र लिएर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न आफूलाई दबाब दिएको उनी बताउँछन् ।
मो.बहाब दाइजोको नाममा आफ्नो छोरीलाई उनको परिवार मारेर पंखामा झुण्डाइएको बताउँछन् । छोरीको परिवारले २ लाख रुपैयाँ माग गरेको तर आफ्नो छोरीले सो कुरा आफूलाई नबताएको उनले बताए ।
Advertisement 3
यस घटनामा पीडकहरुलाई बचाउन प्रदेश सासद कृष्ण केसी ‘नमुना’ र नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक शाहले दबाब दिएको उनले आरोप लगाए । सासद केसीले पीडक परिवारलाई बचाउन प्रहरीलाई दबाब दिएको मो. बहाबले पत्रकार सम्मेलनमा बताए ।







प्रतिक्रिया दिनुहोस्