काठमाडौं –
Advertisement 1
अब दक्षिण कोरिया सरकारले सपरिवारका लागि भिसा दिने भएको छ । ग्रामीण क्षेत्रमा घट्दै गइरहेको श्रमयोग्य जनशक्ति अभाव कम गर्न दक्षिण कोरियाले यो वर्षको अक्टोबरबाट क्षेत्र–विशेष भिसाअन्तर्गत विदेशी श्रमिक माग गर्ने भएको हो ।
जसमा निश्चित मापदण्ड पूरा गर्ने दक्ष कामदारहरूलाई स्थानीय सरकारले तोकेका उद्योगहरूमा काम गरेको सर्तमा रेसिडेन्सी (एफ–२) भिसा दिइने जनाइएको छ । यो भिसा प्रणालीअन्तर्गत विदेशी श्रमिकले भिसा प्राप्त गरेपछि कम्तिमा ५ वर्ष ग्रामीण क्षेत्रमा काम गरेर बस्नुपर्नेछ र सो अवधिमा उनीहरूले आफ्नो श्रीमान् तथा श्रीमती र नाबालिग बच्चाहरूलाई कोरियामा लैजान अनुमति दिइनेछ ।
Advertisement 2
तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्न विदेशी श्रमिकलाई आकर्षित गर्ने यो योजना कोरियाले बनाएको हो । हालै कोरियाको न्याय मन्त्रालयले क्षेत्र–विशेष भिसा सुरु गर्ने घोषणा गरेको हो, जुन यस वर्षको अक्टोबरदेखि सरकारले तोकेको ग्रामीण क्षेत्रमा बस्न र काम गर्न चाहने विदेशी नागरिकहरूलाई दिइनेछ ।
मन्त्रालयले यस क्षेत्र विशेष भिसा योजनाको पाइलट कार्यक्रममा भाग लिन चाहने कोरियाका स्थानीय तह र नगरपालिका सरकारहरूबाट आवेदन प्राप्त गर्ने बताएको छ । हाल कोरियाले त्यहाँका ८९ स्थानीय तह तथा नगरपालिकालाई कोरियाको आन्तरिक र सुरक्षा मन्त्रालयद्वारा कम जनसंख्या भएको क्षेत्रको रूपमा वर्गीकृत गरेको छ ।
Advertisement 3
न्याय मन्त्रालयले त्यसपछि ५ वटा क्षेत्र छनोट गरी अक्टोबरमा सुरुमा ५०० विदेशी श्रमिकलाई एफ–२ भिसा प्रदान गर्ने जनाइएको छ । परीक्षण परियोजना एक वर्षको लागि अक्टोबर २०२३ सम्म रहने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्