काठमाडौं –
Advertisement 1
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषि सामग्री कम्पनीसँग ३५ हजार ४ सय ४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात रहेको बताएका छन् ।
मन्त्रालयले चालू आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९ सय ८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो ।
Advertisement 2
कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १ सय ७९ मेट्रिकटन, डीएपी १८ हजार ४ सय ३२ मेट्रिकटन र पोटास १ हजार ८ सय ३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८ सय ५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ ।
चालू आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २ सय १२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ ।
Advertisement 3
यस्तै ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । १५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्