बाँके –
Advertisement 1
पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले ‘आरआरआर’ र ‘केजीएफ–२’को कमाइलाई उछिनेको छ । ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा उत्कृष्ट कमाइ गर्दै विदेशमा ‘आरआरआर’ र ‘केजीएफ–२’लाई उछिनेको हो ।
‘द लिजेन्ड अफ मौला जट्ट’ले यो वर्ष रिलिज भएका केही भारतीय ब्लकबस्टर फिल्मलाई उछिन्दै रिलिज भएयता फिल्मले विश्वभर २ सय २० करोड भारु कमाएको छ । ‘द लिजेन्ड अफ मौला जट्ट’ले बेलायत र नर्वेजस्ता युरोपेली देशमा यसले आरआरआर, केजीएफ–२ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि छाडेको छ ।
Advertisement 2
फवाद खान स्टारर फिल्म पाकिस्तानी फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा महंगो र सर्वाधिक कमाउने फिल्म हो । ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानबाट ८७.५० करोड रुपैयाँ र विदेशबाट १३२.५० करोड रुपैयाँ कमाइ गरेको हो ।
यो फिल्म १३ अक्टोबर २०२२ मा रिलिज भएको थियो । यसले बेलायतमा १३.९२ करोड रुपैयाँ कमाएर दक्षिण एसियाकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो । यसअघि २०१८ मा फिल्म ‘पद्मावत’ले बेलायतमा सबैभन्दा धेरै कमाइ गरेको थियो ।
Advertisement 3
यसबाहेक यो फिल्म ‘बजरंगी भाइजान’लाई उछिन्दै नर्वेमा सबैभन्दा धेरै कमाउने दक्षिण एसियाली फिल्म बनेको छ । फिल्मले अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा पनि राम्रो व्यापार गरिरहेको छ ।
यो फिल्म भारतमा पनि २३ डिसेम्बरमा रिलिज हुने खबर आएको थियो तर अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन ।
सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ । भारतीय फिल्म न त पाकिस्तानमा रिलिज हुन्छ, न त पाकिस्तानी फिल्म भारतमा ।
बिलाल लासारीको निर्देशनमा बनेको फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा छन् भने हमजा अली अब्बासी सहायक भूमिकामा छन् ।
‘द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक हो । फिल्मका मुख्य अभिनेता फवाद खान पाकिस्तानमा मात्र नभई बलिउडमा पनि निकै चर्चित छन् । उनले विगतमा ‘खूबसूरत’, ‘कपुर एण्ड सन्स’ र ‘ऐ दिल है मुश्किल’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्