नेपाली कांग्रेसले तत्काल राजधानी सार्ने विषयमा विरोध जनाइरहँदा नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले पनि बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ ।
Advertisement 1
बाँके –
लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालयलाई स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गर्दै यहिँ मंसिर महिनाभित्र सबै १२ वटै मन्त्रालय राजधानी सार्ने तयारी गरिरहँदा ठूला दलहरुले भने त्यसको विरोध गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले राजधानी तत्काल बुटवलदेखि दाङको भालुवाङमा सार्ने विषयमा विरोध गर्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
Advertisement 2
नेपाली कांग्रेसले तत्काल राजधानी सार्ने विषयमा विरोध जनाइरहँदा नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले पनि बिनापूर्वाधार लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न भन्दै ध्यानाकर्षण गराएको छ । वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा दाङको भालुवाङमा राजधानी सार्ने हतार गरिरहेको भन्दै यस्तो काम तत्काल रोक्न एमालेले माग गरेको हो ।
प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा कामचलाउ सरकारले कार्यालय थालेको राजधानी सार्ने काम तुरुन्त रोक्न माग गरेको छ ।
Advertisement 3
आवश्यक पूर्वाधारबिना कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । नयाँ प्रदेशसभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ ।
विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको अवस्थामा पूर्वाधार नभएको स्थानमा राजधानी सार्नु गलत भएको उल्लेख गरिएको छ । यद्यपि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । यसअघि कर्मचारीहरूले समेत राजधानी सार्ने हतार नगर्न सरकारलाई आग्रह गरेका थिए ।
अस्थायी संरचनामा लुम्बिनीका मन्त्रालय सार्न थालेको भन्दै नेकपा एमाले रुपन्देहीले विरोध गरेको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अस्थायी संरचनामा सार्न थालेको भन्दै एमालेले विरोध गरेको हो ।
हालसम्म देउखुरीमा ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय गरी दुईवटा मान्त्रालयमात्र स्थानान्तरण भएका छन् ।






प्रतिक्रिया दिनुहोस्