बाँके –
Advertisement 1
नेपालगन्ज उप–महानगरपालिकाको समन्वय तथा रिकभरी नेपालको व्यवस्थापनमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत मंसिर २४ नेपालगन्जमा र्याली निकालिने भएको छ । रिकभरी नेपालको आयोजनामा नेपालगन्जमा आइतबार सरोकारवालासँग लैङ्गिक हिंसासम्बन्धी बैठकबाट सचेतनाका लागि नेपालगन्जमा र्याली एवम् अन्य विभिन्न कार्यक्रम गर्ने तय भएको रिकभरी नेपालका लुम्बिनी प्रदेश फोकल पर्सन प्रविन विसीले जनाकारी गराए ।
बैठकमा उपस्थित विभिन्न संघ–संस्थाका व्यक्तिहरुबीच छलफलपश्चात मंसिर २४ गते शनिबार दिन र्याली निकाल्ने निर्णय भएको विसीले बताए । सोदिन विभिन्न २० भन्दा बढी सरोकारवाला संघ–संस्थाको उपस्थितिमा नेपालगन्ज उप–महानगरपालिकादेखि र्यालीको सुरुवात गरिने छ । साथै सो र्याली वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक हुँदै बसपार्क पुगेर कोणसभामा परिणत हुनेछ ।
Advertisement 2
सो दिन बसपार्क पनि कार्यक्रमको अयोजना गरिने विसीले बताए । सबै संघ–संस्थाको उपस्थितिमा कार्यक्रमको आयोजना गरी वर्तमान अवस्थामा लैङ्गिक हिंसाविरुद्ध भइरहेका काम, गर्नुपर्ने काम तथा जिल्लाको अवस्थाबारेमा सरोकारवालाहरुले बताउने विसीले बताए ।





प्रतिक्रिया दिनुहोस्