२०८२ माघ ८, बुधबार ०३:३० गते
नेपाली समय

तलब भत्ताको माग गर्दै डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित

२०७९ मंसिर १८ गते, आईतवार समय: १८:४० मिनेट

बाँके –

Advertisement 1


बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।


सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन । 

Advertisement 2


गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन । आइतबार एक कार्यक्रमका विच कर्मचारीको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई चरणबद्ध दबाबका कार्यक्रमसंगै ज्ञापन पत्र बुझाए ।


तलब भत्ताको व्यवस्था नभएपछि उनीहरुले यही मसिंर २२ गतेदेखि २३ गतेसम्म आकस्मिक सेवा बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक सेवा बाहेक पुर्णरुपमा स्वास्थ्य सस्था बन्दगरी कार्यालयमा धर्ना दिने कार्यक्रम ज्ञापनपत्रमा उल्लेख गरेका छन ।

Advertisement 3


करिब ८४ जना स्वास्थ्यकर्मीहरुद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझदै सदस्य सचिव पौडेलले गाउँसभा संचालन नभएर सेवा सुविधा ठप्प भएको स्वीकारदै सम्पुर्ण कर्मचारीहरुको काम गरेवापतको सुविधा पाउने अधिकार रहेको भन्दै यो विषयमा जनप्रतिनिधीहरुले गम्भीरका साथ लिनुपर्नेमा जोड दिदै यो विषयलाई गाउँसभा अध्यक्षमार्फत पेश गर्ने बताए ।


चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।


कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारी हेमन्त शर्माले बताए ।


कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन । केही दिन अघि शिक्षकहरुको समुहले ध्यानाकषर्ण गराएको छ ।
नेपाल शिक्षक महासंघ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता तथा छात्रवृत्ती, दिवाखाजा जस्ता नियमित वजेट विद्यालयमा २०७९ श्रावण महिनादेखि निकाशा नभएको र सो को कारण शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलव नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिति सृजना भएकोले सोको पहलका लागि आग्रह गरिएको छ । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उनले भने “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन, निकास नदिंदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन, स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन यसको जिम्मेवारी कसले लिने ।”

समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ ।

यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हुदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।

गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थितभएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।

सम्बन्धित समाचार