२०८२ कार्तिक २८, बिहीबार १०:२९ गते
नेपाली समय

प्रत्यक्षतर्फ काँग्रेस बन्यो पहिलो पार्टी

२०७९ मंसिर १९ गते, सोमबार समय: ११:१९ मिनेट

काठमाडौँ –

Advertisement 1

मंसिर ४ गते भएको आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा काँग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ ।

Advertisement 2

यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७-७ तथा लोसपाले ४ सिट जितेको छ ।

Advertisement 3

यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएको पनि आयोगले जनाएको छ ।

सम्बन्धित समाचार