दाङ –
Advertisement 1
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सोमबार मुख्यमन्त्री कार्यालय र निजी सचिवालय सरिएको छ ।
मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । साथै केही दिनदेखि मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको जनाइएकाे छ । यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्