२०८२ माघ ८, बुधबार ०३:०१ गते
नेपाली समय

‘हेराफेरी–३’मा अक्षयकुमारलाई फर्काउने प्रयास

२०७९ मंसिर २० गते, मंगलवार समय: १७:४० मिनेट

एजेन्सी –

Advertisement 1


बलिउड ‘हेराफेरी–३’मा अक्षयकुमारलाई फर्काउने प्रयास भएको छ । बलिउड वेबपोर्टल पिंकभिल्लाका अनुसार फिरोज नाडियावालाले अक्षयलाई राजु पात्रकै रुपमा फर्काउन पुनः अक्षयसँग कुराकानी सुरु गरेका छन् ।


यसअघि बलिउडमा खिलाडी उपनामले समेत चिनिने अक्षय स्वयंले ‘हेराफेरी ३’ नगर्ने बताएका थिए । त्यसपछि सुनिल सेट्टी र परेश रावलले फिल्ममा कार्तिक आर्यनको संलग्नताको पुष्टि गरे । लगत्तै सामाजिक सञ्जालमा दर्शक र फ्यानले ‘नो अक्षयकुमार नो हेराफेरी’ ह्यासट्गामा अभियान थाले ।

Advertisement 2


पछिल्लो १० दिनमा फिरोजले अक्षयलाई सबै मतभेद मिलाउन र उनलाई मनपर्ने फ्रेन्चाइजमा फर्काउन अक्षयलाई दुईपटक भेटेका छन् । अक्षयले फिल्मको चरित्र कत्तिको महत्वपूर्ण छ भन्ने महसुस गरेको समेत उल्लेख छ ।

सम्बन्धित समाचार