२०८२ मंसिर २२, आईतवार ०९:२३ गते
नेपाली समय

शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित

२०७९ मंसिर २१ गते, बुधबार समय: १०:३५ मिनेट

काठमाडौं –

Advertisement 1


महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रिय माविका विद्यार्थीहरुले शिक्षकको माग गर्दै आन्दोलन गरेका छन् । पर्याप्त शिक्षक नभएका काराण् पढाई प्रभावकारी हुन नसकेको भन्दै उनीहरुले शिक्षकको व्यवस्थापन गर्न माग गरेका छन् ।


विद्यार्थीका अनुसार शिक्षक अभावले चार महिनादेखि विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

Advertisement 2


यसअघि गौशाला नगरपालिकाले गत साउनदेखि लागू हुनेगरी विद्यालयमा पढाइरहेका नगर शिक्षक हटाएको थियो । तीन शिक्षक हटाइएपछि सबै विषयको पढाइ हुन नसकेको विद्यार्थीहरूले बताएका छन् ।


कक्षा १० मा पढाई उने उक्त विद्यालयमा हाल विद्यालयमा ६ सय ३५ जना विद्यार्थी छन भने विद्यालयमा माविका १, प्राविका ३ र राहतका १ गरी जम्मा ५ जना शिक्षक रहेका छन् ।

सम्बन्धित समाचार