काठमाडौं –
Advertisement 1
निर्वाचन आयोगको अन्तिम परिणामअनुसार नेपाली कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । मंगलबार सकिएको मतगणनाअनुसार कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएको हा ।
यसअघि पाँच वर्षअघिको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले भने दोस्रो बनेको छ । प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटमा एमाले खुम्चिएको हो ।
साथै एमालेले भने समानुपातिकमा १ करोड ५ लाख ६० हजार ६७ सदर मतमा सबैभन्दा बढी एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको छ भने कांग्रेसको २७ लाख १५ हजार २ सय २५ मत छ ।
Advertisement 2
माओवादी केन्द्र भने तेस्रो ठूलो दल बनेको छ । प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपातिकबाट १४ सिट थपेर ३२ सिट पु¥याएको छ । समानुपातिकमा माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत ल्याएको छ ।
पहिलो पटक निर्वाचनमा भाग लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षमा ७ सिट जितेको र समानुपातिकतर्फ १३ सिट थप्दै २० सिट पुर्याएर चौथो बनेको छ । समानुपातिकमा रास्वपाले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर छ ।
Advertisement 3
त्यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सहित १४ सिट जित्दै पाँचौं ठूलो दल भएको छ । पाँच वर्षअघिको निर्वाचनमा प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले यसपालिको निर्वाचनमा उल्लेख्य सुधार गर्दै समानुपातिकमा ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएको छ ।
प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका १२ सांसद हुने भएका छन् । उसका ७ जना प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने समानुपातिकबाट ५ जना चुनिने निश्चित भएको छ ।
त्यस्तैे एकीकृत समाजवादी पार्टीले १०, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी र जनमोर्चा प्रत्यक्षमा १÷१ सिट जितेका छन् ।
प्रतिनिधिसभामा कुनै पनि दलको एकल बहुमत पुगेको छैन






प्रतिक्रिया दिनुहोस्