२०८२ मंसिर २३, सोमबार ०४:०७ गते
नेपाली समय

नरैनापुरको विकासका लागि मुख्यमन्त्री र अर्थमन्त्रीसँग अध्यक्ष शाहको छलफल

२०७९ मंसिर २१ गते, बुधबार समय: १७:५९ मिनेट

बाँके –

Advertisement 1


बाँकेको नरैनापुरको विकासका लागि पालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केरी र अर्थ, सहकारी मन्त्री कृष्ण ध्वज खड्कासँग छलफल गरेका छन् । मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीको विषयमा छलफल भएको थियो ।


यस्तै भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकार नरैनापुर गाँउपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिबद्धता व्यक्ति गरे ।

Advertisement 2


यसैगरी अर्थ मन्त्री खडकले अध्यक्ष शाह संगको भेटमा नरैनापुर सबै भन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष व्याकेज ल्याउन जरुरी रहेको बताए ।


नरैनापुर गाँउपालिका अध्यक्ष शाहले अर्थमन्त्री खड्कासँग हुलाकी सडकदेखि रोसन पूर्वासम्मको रोड र मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि बजेट माग गरेका छन् ।

Advertisement 3


अर्थमन्त्री खड्काले तत्काल दुई रोड मध्य एक रोड निमार्णका लागि बजेट दिने अश्वासन दिनु भएको थियो । मन्त्री खडकले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको रोड निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिएसँगै सचिव सुबेदीले मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने बताए ।


अध्यक्षसंगै मन्त्रीलाई भेटन बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुरका लेखापाल प्रकाश अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार