२०८२ माघ ८, बुधबार ०३:४२ गते
नेपाली समय

माघमा राप्ती सोनारीमा रनिङ शिल्ड हुँदै

२०७९ मंसिर २३ गते, शुक्रबार समय: १९:१६ मिनेट

बाँके –

Advertisement 1


आगमी माघ ६ गने राप्ती सोनारी गाउँपालिकाले गाउँपालिकास्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ । पालिकाले माघ ६ गते देखि ९ गते सम्म पाँचौ राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालन गर्न लागेको जनायो ।


शुक्रबार गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेको संयोजकमा बसेको प्रानाध्यापकको बैठकले १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पाँचौैं अध्यक्ष कप खेलकूद प्रतियोगिता संचालन गर्ने निर्णय भएको हो ।

Advertisement 2


राप्ती सोनारी गाउँपालिका शिक्षा शाखाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यामीक विद्यालय अगैयाको व्यवस्थापनमा रनिङ शिल्ड प्रतियोगिता हुनेछ । बैंठकको निर्णय अनुसार पाँचौं अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिताको व्यस्थापन र सञ्चालन गर्ने जिम्मा नेपाल राष्ट्रिय माध्यामीक विद्यालय पाएको विद्यालयका प्रधानाध्यापक ओम प्रकाश थापाले बताए ।


बैठकले राप्ती सोनारी शिक्षा शाखाका शैक्षिक परामर्शदाता गोरखबहादुर हमालको संयोजकत्वमा ३ सदस्यीय जुरी अफ अपिल समिति गठन गरेको छ । त्यसै ने.रा .आ .वि प्रानाध्यापक टोपबहादुर सुनारको संयोजकत्वमा ३ सदस्यीय फिल्ड मार्सल समिति गठन गरेको प्रानाध्यापक थापाले जानकारी दिए ।

Advertisement 3


प्रतियोगितामा छात्र÷छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प, भलिबल कुर्सी दौड र गणित दौड खेल लगायतका विभिन्न १५ खेलहरु संचालन हुने निर्णय गरेको छ ।


रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिव ७१ वटा बिद्यालयले सहभागिता जनाउने प्रानाध्यापक थापाले जानकारी दिए ।

सम्बन्धित समाचार