२०८२ फाल्गुन २९, शुक्रबार ०७:३० गते
नेपाली समय

नेपालगन्जमा बहुउद्देश्यीय भवन बन्दै

२०७९ मंसिर २३ गते, शुक्रबार समय: २०:२३ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० राझाँमा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुक्रबार बहुउद्देश्यीय भवनको शिलान्यास गरेका हुन् ।


तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताए ।

Advertisement 2


बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब–इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिइ ।


१ करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए । उनले बहुउद्देश्यीय भवनको छेउँमा १५ शैयाको अस्पताल बनाउने योजना पनि रहेको जानकारी दिए ।

Advertisement 3


शिलान्यास कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवी लगायत उपस्थित थिए ।

सम्बन्धित समाचार