काठमाडौं –
Advertisement 1
निर्वाचन अयोगले महिलाहरुलाई राजनीतिबाट वञ्चित गरिएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलाहरूलाई राजनीतिक दलले वञ्चित गरेको बताए ।
शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता र आयोगका नीति एवं निर्णयहरूबमोजिम मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै महिला हिंसा भएमा उजुरी दिन भनिएकामा औपचारिकरूपमा उजुरी प्राप्त नभए पनि समाजमा राजनीतिमा लागेका महिलामाथि पनि हिंसा कायम रहेकामा दुई मत नरहेको स्पष्ट पारे ।
Advertisement 2
प्रमुख आयुक्त थपलियाले निर्वाचन कानूनमा देखिएका सुधारात्मक पक्षहरुलाई संसद्को आउने अधिवेशनमा मस्यौदा प्रस्तुत गरिने र आगामी निर्वाचनमा लैङ्गिक हिंसा अनुगमन संयन्त्र खडा गरिने जानकारी गराए ।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जनकीकुमारी तुलाधरले संविधान, कानून र नीतिहरू बमोजिम निर्वाचन व्यवस्थापनमा महिला सहभागिता र लैङ्गिक समानता कायम गर्न आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्दै प्राप्त सुझावका आधारमा कानूनहरूको परिमार्जनका लागि पहल गर्ने बताए । उनले मतदाता नमावली अद्यावधिक गर्दा महिलाहरूको नामलाई अधिकतमरुपमा अद्यावधिक गराएर मतदानको अधिकारको उपयोग गर्न पनि आग्रह गरे ।






प्रतिक्रिया दिनुहोस्