२०८२ मंसिर २२, आईतवार ००:०६ गते
नेपाली समय

खड्का र श्रेष्ठले जिते धारा म्याराथनको उपाधी

२०७९ मंसिर २४ गते, शनिबार समय: १६:२० मिनेट

बाँके –

Advertisement 1


आठौं धारा नेपालगन्ज म्याराथनको उपाधी नेपाली सेनाका खड्गबहादुर खड्का र हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले जितेकी थिइन् । नेपाली सेनाका खड्काले ४२.१९५ किलोमिटर २ घण्टा २० मिनेट २९ सेकेन्डमा पूरा गरे भने श्रेष्ठले २१ किलोमिटर हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले १ घण्टा १६ मिनेट ३ट सेकेन्डमा पूरा गरेर उपाधी जितेका हुन् ।


श्रेष्ठले यो लगातार दोस्रोपटक धारा म्याराथनको उपाधि जितेकी हुन् । उपाधि विजेता खड्काको भने यो पहिलो उपाधी हो । गत संस्करणमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले २ घण्टा १८ मिनेटमा नेपालगञ्ज म्याराथन पूरा गरेका थिए ।

Advertisement 2


आठौं संस्करणका विजेता खड्कालाई नेपाली सेनाकै नरेन्द्र रावत र मोहनदेव जोशीले पछ्याएका थिए । रावतले २ घण्टा २२ मिनेट ३० सेकेन्ड र जोशीले २ घण्टा २४ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।


चौथोमा कमलराज तिमिल्सेना, पाँचौंमा रैवत दाहाल, छैठौमा यामदेव राई, सातौंमा बाल सुनार र विकास यादव आठौं भए ।

Advertisement 3


म्याराथनमा प्रथमलाई एक लाख ५० हजार, द्वितियलाई ६० हजार, तृतियलाई ३० हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १० हजार, छैठौलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार पुरस्कार राखिएको थियो ।


हाफ म्याराथन विजेता श्रेष्ठलाई भने भारत देहरादुनकी अन्जली चौहानले पछ्याएकी थिइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै द्वितिय भइन् ।
अन्जु खड्का तृतिय, विन्दु हमाल चौथो, संगीता विष्ट पाँचौं, यमुना थापा छैठौ र सीता गुरुङ सातौं भए । एकजना प्रतिस्पर्धीले बीचमै दौड छोडिन् । हाफ म्याराथनमा आठ जनालाई पुरस्कार राखिएको थियो ।

प्रथम भएकी सन्तोषीले ६० हजार, दोस्रोलाई ३०, तेस्रोलाई १५, चौथोलाई १०, पाँचौंलाई ८, छैठौलाई ७, सातौंलाई ६ र आठौंले ५ हजार पुरस्कार पाए ।


त्यसैगरी १० किलोमिटर पुरुष (खुल्ला) मा मुकेशबहादुर पाल प्रथम, भुवन राना द्वितिय र सुशील रामजाली मगर तृतिय भए । उनीहरुले क्रमशः ३० हजार, १५ हजार र दश हजार रुपैया पाए ।


५ किलोमिटर महिला (खुल्ला) मा राजपुरा पछाई प्रथम, राममाया बुढा द्वितिय र विमला कार्की तृतिय भए । उनीहरुले क्रमशः २० हजार, दश हजार र ७ हजार रुपैया पुरस्कार पाए ।
५ किलोमिटर छात्रमा अतुल गोडिया प्रथम, सन्तोष विक द्वितिय र केशरजंग रायमाझी तृतिय भए ।


३ किलोमिटर छात्रामा नेहा सापकोटा प्रथम, दिपशिखा शाही द्वितिय र निर्मला सिजापति तृतिय भए । ह्वीलचियरमा यज्ञबहादुर खत्री प्रथम, महेश चौधरी द्वितिय र प्रज्वल शाही तृतिय भए ।


कर्पोरेट रनमा योगेन्द्र मल्ल प्रथम, सन्दीप गुरुङ द्वितिय र दुर्गा गहतराज तृतिय भए । किड्स रनमा दिपेश भण्डारी प्रथम, राजन पुनमगर द्वितिय र अनिल कार्की तृतिय भए ।


विजेताहरुलाई कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, दुग्गड गु्रपका सिइओ प्रदीप छाजेड, कान्तिपुरका सिइओ शिशिर पछाई, राखेपका सदस्य एलबी क्षेत्री, सुमित्रा चौधरी, आयोजक क्रियटिभ ह्याण्डसका संस्थापक अध्यक्ष टीएस ठकुरीलगायतले पुरस्कार वितरण गरे ।

सम्बन्धित समाचार