२०८२ मंसिर २२, आईतवार २०:३१ गते
नेपाली समय

सक्कली प्रहरीमाथि नक्कली प्रहरीद्वारा अभद्र व्यवहार

२०७९ मंसिर २४ गते, शनिबार समय: १७:२३ मिनेट

बाँके –

Advertisement 1


अर्घाखाँची जिल्लामा सादा पोशाकमा खटिएको प्रहरी भन्दै नक्कली प्रहरीले सक्कली प्रहरीमाथि अभद्र व्यवहार गरेका छन् । ‘प्रहरी हौँ’ भन्दै अभद्र व्यवहार गने ती दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Advertisement 2


उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाका आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरु नियन्त्रणमा लिएको थियो ।


नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हापात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्बन्धित समाचार