बाँके –
Advertisement 1
शनिबार धारा म्याराथन नेपालगन्जको आठौं संस्करण सम्पन्न भयो । म्याराथनको ४२ किलोमिटरको दौडमा नेपाली सेनाका खड्कबहादुर खड्काले २ घण्टा २० मिनेट २९ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारे ।
दौड पश्चात भूगोल खबरसँग कुरा गर्दै विजेता खड्काले म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रो रुट भएको बताएका छन् । उनले भने, ‘म विदेश त गएको छैन । तर नेपालको तुलनामो यो रुट सबैभन्दा राम्रो रहेको छ । यो रुटमा घुमाउरो बाटो पनि छैन । ओकालो–ओराले पनि छैन । अर्को कुरा यो रुटले अन्तर्राष्ट्रिय पनि मान्यता पाएको छ ।’
Advertisement 2
त्यस्तै उनले धारा म्याराथनमा इलेक्ट्रिक टाइमको पनि प्रशंसा गरे । ‘मैले यसपालि नयाँ कुरा भनेको ५–५ किलोमिटरमा इलेक्ट्रिक टाइम पाए । यो धेरै नै राम्रो कुरा हो । इलेक्ट्रिक टाइम साग गेमहरुमा मात्र हुने गर्दछ ।’
खड्काले खेलाडीहरुको लागि आयोजकले राम्रो व्यवस्था गरेको बताए । उनले ठाउँ–ठाउँमा पानीदेखि मेडिकल, रुट व्यवस्थापनलगायत हरेक कुराहरु राम्रो भएका कारण खेलाडीलार्य टाइमिङ निकाल्न सजिलो भएको भूगोल खबरलाई बताए ।
Advertisement 3
अर्को प्रशंगमा खड्काले आफ्नो रेकर्ड तोड्ने लक्ष्य रहेको बताए । उनले यसअघि आर्मीमा २ घण्टा २२ मिनेटमा ४२ किलोमिटर सम्पन्न गरेका थिए । सो आफ्नै रेकर्डलाई उनले धारा म्याराथनमा तोडेका छन् ।
यद्यपि खड्काले धारा म्याराथन २ घण्टा १८ मिनेटमा सम्पन्न गर्ने लक्ष्य लिएका थिए ।






प्रतिक्रिया दिनुहोस्