काठमाडौं –
Advertisement 1
नेकपा एमालेले समनुपातिकतर्फ सांसदको रुपमा १२ पुरुष र २२ महिलाकाको नाम सिफारिस गरेको छ । एमालेले खास आर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बरालको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
आदिवासी जनजाति महिलातर्फ सात महिला छनोट भएका छन् । नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।
त्यसैगरी पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । पुरुषमा ३ जना छनोट गरेको छ । देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई छन् । दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हराजा दुसाध र चन्द्र विक रहेका छन् ।
Advertisement 2
महिलार्फको क्लष्टरमा रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । त्यसैगरी मधेशीतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी, महिलातर्फ विना देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी रहेका छन् ।
मुस्लिमतर्फ सराज अहमद फारुकी रहेका छन् । समानुपातिकतर्फ ३४ स्थानमा प्राप्त गरेको एमालेले कम्तीमा १९ महिलाको नाम पठाउनु पर्ने थियो । तर एमालेले त्यसमा २२ जना पठाएको हो । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ जना जितेको थियो । जसमा ४ जना महिला रहेका छन् ।
Advertisement 3
यस्तै एमालेले आदिवासी जनजातिमा १०, खसआर्यमा ११, दलितमा ५, मधेशीमा ५, थारुलाईतर्फ २, पिछडिएको क्षेत्रमा १ पठाउनु पर्ने थियो ।






प्रतिक्रिया दिनुहोस्