२०८२ मंसिर २२, आईतवार ०१:१४ गते
नेपाली समय

एमालेले १२ जनालाई कारबाहीस्वरुप हटायो

२०७९ मंसिर २४ गते, शनिबार समय: १९:३४ मिनेट

काठमाडौं –

Advertisement 1


नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । शनिबार बसेको सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको हो ।


त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो ।

Advertisement 2


केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ ।


साथै समानुपातिक सूचीमा रहेर पनि पार्टी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरेको छ ।

सम्बन्धित समाचार