काठमाडौ –
Advertisement 1
तेक्वान्दो खेलाडी सुनिता विष्टले मलेसियामा एक स्वर्णसहित दुई पटक जित्न सफल भएकी छिन् । डिसेम्बर ९ र १० गते मलेसियामा भएको ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन–२०२२’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी दाङ जिल्ला घोराही उपमहानगरपालिका–१७ निवासी तेक्वान्दो खेलाडी बिष्टले एक स्वर्ण र एक काश्य गरी दुई पदक जित्न सफल भएकी हुन ।
विभिन्न १३ देशका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा खेलाडी विष्टले जोडी प्रतिस्पर्धा पुम्सेमा स्वर्ण जितेकी हुन ।
Advertisement 2
प्रतियोगितामा नेपालबाट जोडी पुम्सेमा सहभागी बनेकी विष्टसँगै चितवनका उमर खानले स्वर्ण जित्न सफल भएका हुन । उनीहरुले फाइनल खेलमा इन्डोनेसिया देशका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन ।
त्यसैगरी खेलाडी विष्टले प्रतियोगितामा सिनियर महिला इन्डिभिजवल पुम्सेतर्फ काश्य पदक जित्न सफल भएकी छिन् । १८ बर्षमाथि सिनियर महिला इन्डिभिजवल पुम्सेमा प्रतिस्पर्धा गरेकी विष्टले रजत पदकमा चित्त बुझाउन बाध्य भएकी हुन ।
Advertisement 3
आफ्नो देशको प्रतिनिधित्व गर्दै विदेशी भुमीमा स्वर्ण पदक जित्दा खुशीको महुशुस भएको खेलाडी विष्टले बताइन ।
तेक्वान्दो खेलमा छोटो समयमा राम्रा प्रदर्शन गरिरहेकी विष्ट घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङकी प्रशिक्षक समेत हुन । उनले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्टिय प्रतियोगिताहरुमा पदक जित्ने गरेकी छिन ।






प्रतिक्रिया दिनुहोस्