एजेन्सी –
Advertisement 1
वैज्ञानिकहरुले गर्भमा रहेको भ्रूणले पनि आमाले खाएकाे खानाको स्वाद लिने गरेको पत्ता लगाएका छन् । बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलोपटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ ।
एक सय जना गर्भवतीमा गरिएको परीक्षणमा आमाले खानेकुरा खाएको २० मिनेटपछि भ्रूणको प्रतिक्रिया देखिएको छ । केही नखाएका आमाको गर्भमा रहेका भ्रूणले भने प्रतिक्रिया नजनाएका रिपोर्टमा उल्लेख छ ।
Advertisement 2
आमाले खाएका खानाका कारण गर्भमा भ्रूणहरु वरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुनसक्ने विज्ञहरुले बताएका छन् ।
शिशुहरुले सामान्यतया १४ हप्तापछि स्वाद थाहा पाउने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्