२०८२ माघ ८, बुधबार ०३:४१ गते
नेपाली समय

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँग रमाउँदै दिशा पटानी

२०७९ मंसिर २५ गते, आईतवार समय: १४:२६ मिनेट

काठमाडौं

Advertisement 1

बलिउड अभिनेत्री दिशा पटानी पूर्वप्रेमी अभिनेता टाइगर श्राफसँगको ब्रेकअपपछि नयाँ प्रेमीसँग रमाउँदै गरेका तस्विर सामाजिक सञ्जालमा चर्चित भएको छ ।


केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे खुलेर कुरा गरेका छन् ।

Advertisement 2

ब्रेकअपपछि दिशा र अलेक्जेन्डरको रोमान्स हेडलाइन बन्न थालेको थियो । यी दुई सामाजिक सञ्जालको पोस्ट पनि एकअर्कालाई ट्याग गर्छन् ।

उक्त अन्तर्वार्तामा अलेक्जेन्डरले आफू साइबेरियाको बासिन्दा भएको र सात वर्षदेखि भारतमा बसिरहेको बताएका छन् । दिशाले बलिउडमा कदम चलाउँदै गर्दा दुईबीच मुम्बईमा भेट भएको थियो ।

Advertisement 3

सन् २०१५ देखि नै आफूहरुबीचको मित्रता गहिरो बन्दै गएको कुरा अलेक्जेन्डरले उल्लेख गरेका छन् । कैयौं समय सँगै बिताएको र घरमै डिनर-लञ्च लिने गरेको उनले बताएका छन् ।

सम्बन्धित समाचार