२०८२ मंसिर २२, आईतवार ००:०१ गते
नेपाली समय

कोभिडमा योगदान पुर्याएका श्रेष्ठलाई भारतीय संस्थाद्वारा सम्मान

२०७९ मंसिर २५ गते, आईतवार समय: १६:४३ मिनेट

बाँके –

Advertisement 1


भारतीय दलित साहित्य एकेडेमीले स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ । भारतको नयाँदिल्लीमा श्रेष्ठलाई सहित्य एकेडेमीले ‘डा.अम्बेकर उत्कृष्ठ राष्ट्रिय सेवा पुरस्कार २०२२’ प्रदान गरेर सम्मान गरेको हो ।


श्रेष्ठलाई भारतीय भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा.शक्ति नारायण जतिया, रेलबे मन्त्री रमेशचन्द्र रातनलगायतले सम्मान गर्दै उक्त अवार्ड प्रदान गरे । उनलाई लामो समयदेखि दलित, जनजातीलगायत समाजमा पछि परेका तथा सीमान्तकृत नेपाली र विदेशी नागरिकहरुलाई स्वास्थ्यलगायत सामाजिक सेवा प्रदान गरी उक्त समुदायको सेवा र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै भारतीय दलित साहित्य एकेडेमी ले अवार्ड प्रदान गरेको हो ।

Advertisement 2


श्रेष्ठले नेपालको दुर्गम जिल्ला हुम्लामा ११ बर्ष सेवा गरी त्यहाँका नागरिकको स्वास्थ्य सेवा प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले कोभिड–१९ को विश्वव्यापी महामारीका बेला बाँकेमा रही लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका बिरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

सम्बन्धित समाचार