दाङ –
Advertisement 1
दाङ जिल्लामा यौन सम्बन्धको प्रस्ताव राखेर ब्ल्याकमेल गर्दै रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ प्रहरीले तुलसीपुरका एक ब्यापारीमाथि यौन सम्बन्धको प्रस्ताव राखेर ब्ल्याकमेल गर्दै ठूलो रकम बार्गेनिङ गर्ने १ जना पुरुष र २ महिलालाई पक्राउ गरेको हो ।
उनीहरुलाई गएको मंसिर १६ गते घोराही १६ सर्रामा रहेको कबिला रिर्सोटबाट बेलुका ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Advertisement 2
जिल्ला प्रहरी कार्यालय दाङ अनुसार पर्नेमा गढवा गाउँपालिका – ६ घर भई हाल तुलसीपुर उप–महानगरपालिका – ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उप–महानगरपालिका – १८ की ३८ वर्षीया कृष्णा कुमारी बस्नेत र घोराही उप–महानगरपालिका – नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी रहेका छन् ।
पक्राउ परेका मध्ये गहतराजले आफन्त तथा साथीहरुको सहयोगमा विगतमा व्यक्तिगत सम्बन्धमा रहेका व्यक्तिबाट पटकरपटक धाक धम्की दिंदै आर्थिक लाभ लिँदै आएको प्रहरीमा पीडितले जाहेरी दिएका थिए । पैसा नदिए बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै आएपछि ती पुरुष प्रहरीकोमा गएका हुन् ।
Advertisement 3
मंसिर १६ गतेको दिन पनि पीडितसँग ठूलो रकम आपराधिक लाभलिने उद्देश्यले माग गरिरहेको अवस्थामा उनीहरुलाई रिर्सोटबाट प्रहरीले पक्राउ थियो ।






प्रतिक्रिया दिनुहोस्