२०८२ माघ ८, बुधबार ०३:५९ गते
नेपाली समय

चरणबद्ध आन्दोलनमा उत्रिए डुडुवाका कर्मचारी

२०७९ मंसिर २५ गते, आईतवार समय: १८:०७ मिनेट

बाँके –

Advertisement 1


बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीहरु चरणबद्ध आन्दोलन उत्रिएका छन् । उनीहरुले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।


पाँच महिनादेखि तलबविहीन बनेका डुडुवा कर्मचारीले गाउँपालिकाको गाउँसभा नभएको कारण कर्मचारीले साउन महिनादेखि मंसिर महिनासम्मको तलबभत्ता पाउन नसकेको बताएका छन् । तलबभत्ता उपलब्ध गराउन माग गर्दै कर्मचारीहरुले पटक–पटक गाउँपालिकामा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको कर्मचारीहरुले बताए ।

Advertisement 2


आन्दोलन स्वरुप शिक्षकहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । उनीहरुले आइतबार कालोपट्टी बाँध्ने शिक्षण कार्य गर्ने, २६ गते आधा दिनमात्र पढाउने, २७ गते पेन डाउन, २८, २९ र पुस १ मा गाउँपालिकामा धर्ना र ३ गतेदेखि गाउँपालिकामा तालाबन्दी गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।


यस्तै स्वास्थ्यतर्फका कर्मचारीहरुले समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएर शान्तिपूर्ण आन्दोलन गरिएपनि हालसम्म कुनै सुनुवाई हुने संकेत नदेखिएकाले आइतबारदेखि वडा कार्यालय समेत बन्द गर्ने निर्णय गरेका छन् ।

Advertisement 3


डुडुवामा निर्वाचित भएर आएका जनप्रतिनिधिको आपसी राजनितिक द्वन्द्वका कारण हालसम्म गाउँसभा हुन सकेको छैन । गाउँसभा नहुँदा कर्मचारीले तलब भत्ता नपाउनका साथै वडा कार्यालय तथा बिभिन्न शाखामार्फत प्रदान हुने सेवा समेत अवरुद्ध बनेको छ ।

सम्बन्धित समाचार