दाङ –
Advertisement 1
दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका –१२ स्थित तरिगाउँ एयरपोर्ट विमान सेवामा पहिलोपटक जहाजमा इन्धन भर्न सुरू गरिएको छ । २०११ साल सेवा सुरु गरेको एयरपोर्टमा ६ दशक पछि इन्धन डिपो संचालनमा आएको हो ।
अब इन्धन डिपोमा ३० हजार लिटर र बाउजरमा ११ हजार गरीण् ४१ हजार लिटर इन्धन भण्डारण गर्न मिल्नेछ ।
Advertisement 2
आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, रूपन्देहीको भैरहवा कार्यालयबाट दुई जना र बाँकेको नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिक टोली आएर दाङ एयरपोर्टमा पहिलो पटक इन्धन भरेका हुन् ।
यो सँगै विमानमा इन्धन रिफ्यूलिङको काम दाङमै सुरु भएको छ । यसले अब अन्य विमान सेवाहरुले पनि उडान भर्ने आशा पलाएको छ ।
Advertisement 3
गत वर्ष साउनदेखि करिब डेढ करोड लागतमा विमानस्थलका लागि छुट्टै डिपो निर्माणको काम सुरू भएको थियो । डिपोको लागि आवश्यक संरचना निर्माण पूरा गरी ६ महिना पहिलेबाटै बाउजरमा इन्धन राखिँदै आइएको थियो ।






प्रतिक्रिया दिनुहोस्