बाँके –
Advertisement 1
बाँके डुडुवा गाउँपालिकामा सोमबार कर्मचारीहरुले तालाबन्दी गरेका छन् । आफूहरुले पाउनुपर्नेे सेवासुविधा नपाएको भन्दै पालिकाका कर्मचारी चरणबद्ध आन्दोलनलाई उत्रिएका हुन् । जसअनुसार सोमबार गाउँपालिकामा तालाबन्दी गरिएको हो ।
उसोत पालिकाको गाउँसभा नै बस्न सकेको छैन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास भएको छैन । जसका कारण सेवाग्राहीले पाउनु पर्ने सेवासुविधा पनि असर पुगेको छ ।
Advertisement 2
सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका हुन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधीहरुको पटक–पटक ध्यानाकर्षण नगराएका पनि हैनन् । तर कुनै कुनै सुनुवाई नभएपछि आइतबारदेखि पालिकाका आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरु बताउँछन् । आइतबार गाउँपालिकाका शिक्षकहरुले हातमा कालोपट्टी बाधेर विरोध जनाउँदै काम गरेका थिए ।\

कर्मचारीहरुले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्यचौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरुमा पनि शिक्षकहरुले आशिंक अध्ययापन गराएका छन् । केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले एक्यबद्धता जनाएका छन् ।
Advertisement 3
चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । स्वास्थ्यचौकीमा सिटामोल औषधिको पनि अभाव भएको छ भने ल्याबलगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।
कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठूलो समस्या भएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका पौडेलले बताए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै विपक्षीहरु पटक–पटक मौखिकरुपमा सहमती गरे पनि व्यहारमा कार्यान्वयन नगरेको उनले बताए ।
अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानूनविपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथी छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताए ।
चौधरीका अनुसार मंगलबार दिउसो २ बजे कार्यपालिकाको बैठक बोलाइएको छ । उनले भने, ‘सम्भवतः भोलीको बैठकले केही निकास दिने विश्वास लिइएको छ । यता विपक्षी दल नेकपा एमालेका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले पालिका अध्यक्षसँग मौखिकरुपमा भद्र सहमती भएको भन्दै कार्यपालिकाको बैठकले गाउँसभा गर्न बाटो खुलेको प्रतिक्रिया दिनुभयो छ । उहाँले मंगलबारको बैठकले निकास दिने विश्वास व्यक्त गर्नुभयो छ ।’
समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावनासमेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हँुदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।
गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थितभएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।






प्रतिक्रिया दिनुहोस्