बाँके –
Advertisement 1
बाँकेको खजुरमा रहेको कुखुरा विकास फार्मले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि ग्रामिण समुदायका किसानहरुलाई कुखुरा पालनसम्बन्धि सचेतना फैलाउने तालिम दिने सुरु गरेको छ । कुखुरा विकास फार्मको आयोजनामा सोमबारदेखि खजुरामा कुखुरा पालको तालिम सुरु गरिएको हो ।
कुखुरा विकास फार्मका प्रबन्धक डा.शंकर न्यौपानेका अनुसार होमेस्टे भएका स्थानमा ग्रामिण्ण पर्यटन प्रवद्र्धन गर्नका लागि तालिमको आयोजना गरिएको हो । सो तालिम पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक प्रवेज आलमको प्रमुख आतिथ्यमा सुरु भएको हो ।
Advertisement 2
तालिममा बोल्दै निर्देशक आलमले ग्रामिणस्तरमा रहेका साना किसानहरुको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बताए । ग्रामिण किसानहरुकै कारण पर्यटन प्रवद्र्धनमा टेवा पुगेकाले यसमा कुखुरा पालनलाई विशेष जोड दिन आग्रह गरे । निर्देशक आलमले प्रदेश सरकारले किसानका समस्या पहिचान गरि समाधानका उपाय खोजि नयाँ कार्यक्रमहरु पनि संचालनमा ल्याएको बताएका थिए ।
तालिम पश्चात २० जना किसानहरुलाई ४ सय ५० वटा ६ हप्ते स्थानीय तथा ग्रामिण कुखुरा उपलब्ध गराउने प्रवन्धक डा. न्यौपानेले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्