२०८२ माघ ८, बुधबार ०३:२९ गते
नेपाली समय

जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

२०७९ मंसिर २६ गते, सोमबार समय: १९:३७ मिनेट

सुर्खेत –

Advertisement 1


जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।


चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी ५ जना र जिल्ला प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Advertisement 2


घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ ।
घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

सम्बन्धित समाचार