२०८२ मंसिर २२, आईतवार ०१:१३ गते
नेपाली समय

अरुणाञ्चल प्रदेशमा भारतीय र चिनियाँ सैनिकबीच झडप

२०७९ मंसिर २७ गते, मंगलवार समय: १०:५८ मिनेट

एजेन्सी

Advertisement 1


भारतको अरुणाचल प्रदेशको भारत–चीन सीमाक्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको खबर बाहिर आएको छ । शुक्रबार दुवै पक्षबीच झडप भएता पनि घटना भने सोमबारमात्र बाहिर आएको हो ।


भारतीय संचार माध्यमअनुसार झडपमा दुवै पक्षका सेनालाई सामान्य चोटपटक लागेको छ ।

Advertisement 2


अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको भारतीय संचार माध्यमले जनाइएका छन् ।


पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

Advertisement 3


यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।


सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।

सम्बन्धित समाचार