२०८२ मंसिर २३, सोमबार ०१:०० गते
नेपाली समय

फेरि भूमि आयोगले लालपूर्जा वितरण गर्ने

२०७९ मंसिर २७ गते, मंगलवार समय: ११:०१ मिनेट

काठमाडौं –

Advertisement 1


राष्ट्रिय भूमि आयोगले पुनः लालपूर्जा वितरण गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता सकिएसँगै लगतै आफ्नो नियमित काम सुरु आयोगले जनाएको हो ।


आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो ।

Advertisement 2


आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ ।


यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो ।

Advertisement 3


तर, निर्वाचन आयोगले जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।

सम्बन्धित समाचार