एजेन्सी –
Advertisement 1
फ्रान्सले युक्रेनको समर्थनमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्देश्यले सम्मेलनको आह्वान गरेको छ । युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्ध किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेको हो ।
युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू, ब्लु–चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् ।
Advertisement 2
फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार टेलिफोन संवाद भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । साथै फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण ’ गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्