२०८२ मंसिर २२, आईतवार ०९:४९ गते
नेपाली समय

थापाले जिते अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि

२०७९ मंसिर २८ गते, बुधबार समय: १९:११ मिनेट

बुटवल –

Advertisement 1


भैरहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता पश्चिम नवलपरासीका बसन्त थापाले जितेका छन् । तीन दिनसम्म संचालन गरिएको प्रतियोगिताअन्तर्गत भारतको पंजावका कालिचिता पहलवानलाई फाइनल प्रतिस्पर्धामा पराजित गर्दै थापाले उपाधी हात पारेका हुन् ।


सेमिफाइनलमा प्रवेश गरेका वीरगंजका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि पंजावकै अशोक पहलवान तेस्रो भएका छन् ।

Advertisement 2


रूपन्देहीका उद्योगी व्यवसायीहरूको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरेको छ । मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन भइरहेको महोत्सवमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो ।


कुस्ती प्रतियोगितामा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरूको सहभागिता थियो ।

Advertisement 3


प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थापाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएका कालिचिताले १५ हजार र तेस्रो घोषित भएका अशोक पहलवानले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


विजेता खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी प्रदान गर्दै महोत्सव आयोजक संस्था एव सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले लोप हुँदै गइरहेको कुस्ती खेलको जगेर्नाको लागि महोत्सवमा प्रतियोगिता आयोजना गरिएको बताए ।

सम्बन्धित समाचार