२०८२ फाल्गुन २९, शुक्रबार ०७:१५ गते
नेपाली समय

दाङमा लुम्बिनीको स्थायी राजधानी कार्यान्वयनमा आयो

२०७९ मंसिर २८ गते, बुधबार समय: १९:२२ मिनेट

दाङ –

Advertisement 1


बुधबाररदेखि लुम्बिनी प्रदेशको स्थानयी राजधानी दाङको देउखुरीमा कार्यान्वयनमा आएको छ । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट हुँदै आएको लुम्बिनी प्रदेशको काम–कारबाही बुधबारदेखि दाङको देउखुरीबाट संचालनमा ल्याइएको हो ।


०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको पछि राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो ।

Advertisement 2


राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झन्डोत्तोलन गरेसँगै कार्यालय औपचारिक रूपमा संचालनमा आएको हो ।


देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।

Advertisement 3


लुम्बिनीका १३ मध्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ ।


अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । राजधानी कार्यान्यनमा आएसँगै देउखुरीलाई सिँगारिएको छ । यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण गरिएको छ ।

सम्बन्धित समाचार