२०८२ मंसिर २२, आईतवार २१:३९ गते
नेपाली समय

११ कम्पनी कालोसूचीमा

२०७९ मंसिर २९ गते, बिहीबार समय: १५:५४ मिनेट

बाँके –

Advertisement 1


सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको सूचना बिहीबार सार्वजनिक गरेको छ । अनुगमन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्म कुनै पनि खरिद कारबाही गर्न नमिल्नेगरी ११ वटा कम्पनीको नाम कालोसूचिमा राखेर सूचना प्रकासन गरेको हो ।


जसमा बिराटनगरको जलस्रोत तथाच सिँचाइ विकास डिभिजन, काठमाडौंको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, बैतडीको सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हे.क्वा, धनुषाको हँसपुर नगरपालिका, चितवनको भतरपुर महानगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका, काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका, चितवनको सडक डिभिजन भरतपुर, धनुषाको गृह तथा सञ्चार मन्त्रालय, धनुषाको मधेश प्रदेश सरकार गृह तथा सञ्चार मन्त्रालय र रौतहटको सडक डिभिजन चन्द्रनिगाहपुर रहेका छन् ।

Advertisement 2


सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लखे गरिएको छ ।

सम्बन्धित समाचार