एजेन्सी –
Advertisement 1
भारतको बिहार राज्यमा मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ । बिहार राज्यको ६० किलोमिटर उत्तरमा रहेको सारण जिल्लाका तीनवटा गाउँमा विषाक्त मदिरा सेवनबाट अन्य २० जना पनि गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएको छ । प्रहरीले गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
Advertisement 2
बिहारमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री वितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो ।
यो वर्षमात्रै प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए ।





प्रतिक्रिया दिनुहोस्