२०८२ मंसिर २२, आईतवार २३:२१ गते
नेपाली समय

दोहोर अंकले सेयरमा गिरावट

२०७९ मंसिर २९ गते, बिहीबार समय: १६:३९ मिनेट

काठमाडौं –

Advertisement 1


मंसिर महिनाको मन्तिम साताको अन्तिम दिनको सेयर कारोबार दुःख देखिएको छ । आज(बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखियो ।


आजमात्रै सेयर १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा झरेको छ । आज २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ ।

Advertisement 2


आज १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।


आज रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको छ ।

Advertisement 3


आज पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।

सम्बन्धित समाचार