२०८२ मंसिर २१, शनिबार २३:४० गते
नेपाली समय

नेपत्थसँग तात्यो नेपालगन्ज

२०७९ मंसिर २९ गते, बिहीबार समय: २१:५१ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्जमा बिहीबार नेपत्थको सांगितिक कार्यक्रम सम्पन्न भएको छ । करिब ३ हजार बढी दर्शक उपस्थिति रहेको सांगितिक कार्यक्रममा नेपथ्यका लिड गायक अमृत गुरुङले दर्जन गीत गाएर दर्शकलाई तताए ।


गुरुङलाई ड्रममा धुर्व लामा, बेसमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, किबोर्डमा सुरज थापा र गितारमा निरज गुरुङले भुरपुर साथ दिए । त्यसमा पनि शान्ति रायमाझीले प्रस्तुत गरेको मादलको संगीत र गुरुङले प्रस्तुत गरेको गितारको संगीतले दर्शकमा जोस जगाएको थियो ।

Advertisement 2


कार्यक्रममा गायम अमृतले गीतसँगै आयोजक मानवसेवा आश्रमका बारेमा सडकमुक्त मानव अभियानका बारेमा बोल्दै पश्चिम नेपालमा रहेका जिल्लाहरुको परिचयात्मक शब्दद्वारा दृष्यावलोक गराए ।


नेपालगन्जमा नेपथ्यले १० वर्षपछि सांगितिक कार्यक्रम गरेको हो ।

Advertisement 3

सम्बन्धित समाचार