काठमाडौं –
Advertisement 1
मुस्ताङ जिल्लामा गएको जेठ १५ गते दुर्घटना भएको जहाजको भग्नावशेष संकलन गरिएको छ । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोँच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एअरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । जहाजका सबै सामान संकलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ ।
Advertisement 2

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो । शेरचनको नेतृत्वमा २०७२ सालफागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एअरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।
बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान संकलन गर्ने गरिन्छ । मङ्सिर पहिलो हप्ता तारा एअरको टोलीले जहाज दुर्घटनास्थलको हेलिकप्टरबाट अवलोकन गरेका थिए ।
Advertisement 3
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्