२०८२ मंसिर २२, आईतवार ००:५९ गते
नेपाली समय

खजुरा ब्याटमिन्टन क्लवको अध्यक्षमा पुनः गोदार निर्वाचित

२०७९ पुष १ गते, शुक्रबार समय: २३:४९ मिनेट

बाँके –

Advertisement 1


खजुरा ब्याटमिन्टन क्लबको अध्यक्षमा पुनः भक्तबहादुर गोदारक्षेत्री चयन भएका छन् । आज सम्पन्न क्लबको साधारण सभाले गोदारलाई अध्यक्षमा चयन गरेको हो ।


त्यस्तै उपाध्यक्षमा सुदिप पौडेल, सचिवमा लक्ष्मण कार्की, कोषाध्यक्षमा सुदिप रिजाल र सहसचिवमा नारायण गिरी चयन भएका छन् ।

Advertisement 2


साथै सदस्यमा विशन राना, देवीलाल विष्ट, अविन्द्रराज पौडेल, राजन जोशी, कैलाश खड्का र सुशील पौडेल चयन भए भने पदेन सदस्यमा नेपाल राष्ट्रिय प्राथमिक विध्यालयका प्रतिनिधिलाई राखिएको छ ।


क्लवको वरिष्ठ सल्लाहकारमा भने नोकबहादुर गोदार चयन भए ।

सम्बन्धित समाचार