हुम्ला –
Advertisement 1
कृषि विकास कार्यालय हुम्ला कर्मचारीविहीनजस्तै भएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा प्रमुख र लेखापाल नहुँदा योजना सम्झौता गर्न आएका सेवाग्राही मर्कामा परेका हुन् ।
दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेका चंखेली, अदानचुली, ताजाँकोट गाउँपालिकाका विभिन्न गाउँबाट आएका सेवाग्राही मर्कामा परेका छन् । कृषि विकास कार्यालयका प्रमुख चन्दभूषण झा र लेखापाल रामाकान्त आचार्य जाडो छल्न सहर झरेका छन् ।
Advertisement 2
सिँचाइको सम्झौता गर्न सदरमुकाम सिमकोट पुगेका सर्केगाड गाउँपालिका– १ तुम्चका दन्तबहादुर मल्लले कार्यालय प्रमुख र लेखापाल कार्यालयमा नभएको बताए । उनका अनुसार १३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले दुईजना कर्मचारी मात्रै छन् ।
टाडो कुला सिँचाइको सम्झौता गर्न सदरमुकाम सिमकोट पुगेका सर्केगाड गाउँपालिका– १ तुम्चका सुरेन्द्र रावतले कर्मचारी नहुँदा सास्ती पाएको बताए । ‘आठ लाखको योजना हो । बिहान–बेलुका खानेबस्ने गर्दा चार सयको दरले खर्च हुन्छ,’ रावतले भने ।
Advertisement 3
कार्यालयका सूचना अधिकारी निर्मल लामाका अनुसार प्राविधिकहरू कार्यालय फिल्डतिर गएका छन् । ‘कार्यालय प्रमुख तालिममा छन् । लेखापाल पनि जिल्लाबाहिर छन्,’ लामाले भने । दुईजनाको भरमा कृषि विकास कार्यालय चल्दा सेवाग्राहीले भने दुःख पाएका छन् ।
साभार – नयाँपत्रिका






प्रतिक्रिया दिनुहोस्