२०८२ चैत्र १, आईतवार २१:०८ गते
नेपाली समय

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने

२०७९ पुष ४ गते, सोमबार समय: १४:११ मिनेट

काठमाडौं –

Advertisement 1


नेपाली काँग्रेस संसदीय दलको निर्वाचन तय भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।

संसदीय दलमा हालसम्म तीनजनाको आकाङ्क्षा देखिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संस्थापन टिमबाट र इतरसमूहबाट नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा दलको नेता लड्ने तयारीमा छन् ।

Advertisement 2

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले संसदीय दलको निर्वाचन गर्न समिति बनाएको थियो । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।

कांग्रेसका समानुपातिक र प्रत्यक्षतर्फबाट निर्वाचित भएका ८९ सांसदहरूले दलको नेतामा भोट हाल्नेछन् ।

सम्बन्धित समाचार