Advertisement 1
काठमाडौ –
मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ। सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गर्न लागिएको हो।
Advertisement 2
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजनाका प्रमुख अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो । जसमा १ महिना लाग्ने अनुमान गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने बताइएको छ। सात महिनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माण गर्नेगरी काम अगाडि बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्