२०८२ फाल्गुन ४, सोमबार ०८:३० गते
नेपाली समय

अर्जेन्टिनामा विजयोत्सव दंगामा परिणत

२०७९ पुष ६ गते, बुधबार समय: ११:२८ मिनेट

एजेन्सी –

Advertisement 1


अर्जेन्टिनामा विश्वकप उपाधि विजयको उत्सव दंगामा परिणत भएको झडप भएको छ ।


अर्जेन्टिनाको जर्सी लगाएका समर्थकहरुले ढुंगामुढा गर्न थालेपछि त्यहाँ प्रहरी परिचालित गरिएको थियो । सोपश्चात अजेन्टिनी फुटबल समर्थक र प्रहरीबीच मंगलबार राति झडप भएको हो ।

Advertisement 2


स्थानीय मिडियाकाअनुसार प्रहरीले ब्युनस आयर्सस्थित ओब्लेस्क स्मारकमा चढेका दुई समर्थकलाई हटाउन खोज्दा झडप भएको थियो ।


ब्युनस आयर्समा कप्तान लियोनल मेस्सी र टिमले ट्रफीसहित ओपन टप बसमा ८ घण्टा लामो यात्रा गर्ने योजना थियो । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्पोर्टिङ सहर ओब्लेस्कमा रहेको व्युनस आयर्सको भ्रमण हेलिकप्टरबाट गराइएको थियो ।

Advertisement 3


स्थानीय मिडियाका अनुसार चालिस लाखभन्दा बढी मानिस अर्जेन्टिनाको जर्सी र झण्डा लिएर आफ्ना खेलाडीहरुको स्वागतमा बसेका थिए ।

सम्बन्धित समाचार