२०८२ मंसिर २४, मंगलवार ०५:११ गते
नेपाली समय

जानकीमा पढाई मेला सम्पन्न

२०७९ पुष ६ गते, बुधबार समय: १८:३० मिनेट

बाँके –

Advertisement 1


बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न आधारभुत तह कक्षा १ देखि ३ सम्म १ दिने पढाई भेला कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको छ ।


जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले विद्यार्थीको पढन क्षमतामा सुधार गर्ने उद्देश्यले पढाई मेला आयोजना गरिएको बताए । उनले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गरे । साथै खाँले पालिकामा रहेका सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइँदै लगिएको बताए ।

Advertisement 2


जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णाकुमारी भण्डारीले गुणस्तरीय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिइन् । भण्डारीका अनुसार मेलामा पालिकाका २५ सामुदायिक र ५ मदरसा गरी ३० विद्यालयको सहभागिता रहेको थियो भने ९ विद्यालयले उपस्थिति जनाएनन् ।


पढाई मेलामा सहभागिता जनाएका प्रत्येक विद्यालयको एउटा कक्षाबाट एक जनालाई शव्द वाचन प्रतियोगितामा सहभागी गराइएको थियो । जसमा १ देखि ३ कक्षासम्मका ९० जनाको सहभागिता रहेको भण्डारीले बताइन् ।

Advertisement 3


कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई झोला, कपी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । साथै अन्य सहभागिता जनाएका विद्यार्थीलाई पनि कपी र पेन वितरण गरिएको भण्डारीले जनाकारी गराइन् ।

सम्बन्धित समाचार