२०८२ माघ ८, बुधबार ०३:५६ गते
नेपाली समय

पत्रकार महासंघको सदस्यता विषयप्रति युनियनको ध्यानाकर्षण

२०७९ पुष ७ गते, बिहीबार समय: १३:२५ मिनेट

बाँके –

Advertisement 1


नेपाल प्रेस युनियन बाँके शाखाले नेपाल पत्रकार महासंघ, बाँकको सदस्यता विषयबारे उठेका विषयप्रति आफ्नो ध्यानाकर्षण गराएको छ । युनियनले महासंघमा सदस्यता विषयलाई लिएर उठेका विभिन्न चासोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।


बिहीबार नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल, सदस्य कमल खत्रीलगायतको टोलीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई युनियनको ध्यानाकर्षणसहितको पत्र बुझाएका छन् । युनियनले महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।

Advertisement 2


प्रेस युनियन बाँकेका अध्यक्ष ओलीले गैरपत्रकारलाई सदस्यता प्रदान गरेर महासंघको गरिमामाथि प्रश्न उठाउने र छताछुल्ल बनाउने मौका कसैलाई दिन नहुने बताउँदै बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण तथा प्रक्रिया नपुर्याएर गरिएको सदस्यता सिफारिसमाथि पुनर्विचार गर्न आग्रह गरे ।


‘महासंघमा सदस्यता विवादले केही वर्षदेखि बरोबर निरन्तरता पाउँदै आएको छ । यस परिप्रेक्षमा ‘गैरपत्रकार’लाई महासंघको सदस्य बनाउन विभिन्न उपाय अवलम्बन गरिनु नितान्त भोटको राजनीति गर्नुे गणितीय खेलका अतिरिक्त केही नभएको भनेर विगतमा सुनिने गरिएका प्रतिक्रियातर्फ पनि पुनर्विचार गरिनुपर्ने हाम्रो आग्रह छ’ युनियनले महासंघलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशिल भएका प्रत्येकले विधिसम्म

Advertisement 3

त महासंघको सदस्यता पाउनुपर्नेमा पनि युनियनले जोड दिएको छ ।

सम्बन्धित समाचार