२०८२ मंसिर २२, आईतवार २१:४५ गते
नेपाली समय

प्रतिनिधि सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

२०७९ पुष ७ गते, बिहीबार समय: १३:४६ मिनेट

काठमाडौं –

Advertisement 1


नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण बिहीबार गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार सबै सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


उनीहरुलार्य ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement 2


सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।


सोहीअनुसार बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

Advertisement 3

त्यस्तै प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।  बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरू उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार